बिहीबार , असोज २९ गते २०८३
  • यो साता चर्चामा :
  • नक्कली भुटानी शरणार्थीसम्बन्धि मुद्दाको सुनुवाई किन रोकियो ?


    हुलाक प्रेस

    • बुधबार, भदौ १८ २०८२११:४४
    नक्कली भुटानी शरणार्थीसम्बन्धि मुद्दाको सुनुवाई किन रोकियो ?

    काठमाडौँ । नक्कली भुटानी शरणार्थीसम्बन्धि बहुचर्चित मुद्दाको सुनुवाई लम्बिएको छ । बुधबारदेखि जिल्ला अदालतमा यस मुद्दाको अन्तिम सुनुवाई प्रक्रिया अघि बढ्ने बताइएपनि प्रक्रिया नै नपुगेको खुलेको छ । 

    बुधबार न्यायाधीश धुव्रराज कार्कीको इजलासमा यससम्बन्धि मुद्दामा सुनुवाई तोकिएको थियो । तर, प्रतिवादी रहेका शम्शेर मियाको तारिख थाम्ने अवधि बाँकी उक्त अवधि व्यतित भएपछि नियमाअनुसार पेश गर्ने आदेश भएको जिल्ला अदालतका सूचना अधिकारी दिपककुमार श्रेष्ठले बताए । जसकारण सुनुवाई धकेलिएको हो । उनको तारिख थाम्ने अवधि सकिएपछि मात्र यसमा सुनुवाई हुने भएको छ । 

    प्रहरीको इतिहासकै हाइप्रोफाइल मुद्दा मानिएको यसमा पूर्वउप्रधानमन्त्री टोपबहादुर रायमाझी, पूर्वगृहमन्त्री बालकृष्ण खाण, पूर्वसांसद आङ्टावा शेर्पा, पूर्वगृहसचिव टेकनारायण पाण्डे, पूर्वगृहमन्त्री रामबहादुर थापाका सुरक्षा सल्लाहकार इन्द्रजित राई,नेपाल हज कमिटीका तत्कालिन अध्यक्ष शमशेर मियाँ, भुटानी शरणार्थी नेता टेकनाथ रिजालजस्ता हाइप्रोफाइल प्रतिवादी छन् ।

    त्यस्तै, टोपबहादुर रायमाझीका छोरा सन्दीप रायमाझी, खाणका पिए नरेन्द्र केसी, बिचौलियाहरू बेचन झा, केशव दुलाल, सानु भण्डारी, सन्देश शर्मा, सागर राई, टंक गुरुङ, रामशरण केसी र गोविन्द चौधरी पनि प्रतिवादी छन् । उनीहरूमध्ये टोपबहादुर रायमाझी, टेकनारायण पाण्डे, इन्द्रजित राई, सानु भण्डारी, केशव दुलाल, बेचन झा, सन्देश शर्मा र प्रतीक थापा पुर्पक्षका लागि कारागारमा छन्। केही अझै फरार छन् । 
     


    प्रतिक्रिया दिनुहोस