बिहीबार , असोज २९ गते २०८३
  • यो साता चर्चामा :
  • अदालतले उल्ट्याइदियो हार्वर्ड विश्वविद्यालयको बजेट कटौतीको निर्णय


    हुलाक प्रेस

    • बिहीबार , भदौ १९ २०८२०८:०३
    अदालतले उल्ट्याइदियो हार्वर्ड विश्वविद्यालयको बजेट कटौतीको निर्णय

    काठमाडौं । एक अमेरिकी संघीय अदालतले राष्ट्रपति डोनाल्ड ट्रम्पको प्रशासनले हार्वर्ड विश्वविद्यालयलाई दिइने करोडौँ डलरको बजेट कटौतीको निर्णयलाई उल्ट्याइदिएको छ ।

    न्यायाधीश एलिसन बरोजले सरकारले करिब दुई विलियन डलरको अनुसन्धान फन्ड रोक्दा हार्वर्ड विश्वविद्यालयको वाक स्वतन्त्रताको अधिकार उल्लंघन गरेको फैसला गरेका छन् ।

    यो फैसला हार्वर्डका लागि ठूलो कानुनी विजय भए पनि यसको विरुद्धमा पुनरावेदन हुने सम्भावना रहेको बताइएको छ । ट्रम्प प्रशासनले गत अप्रिलमा फन्ड रोक्का गर्दा विश्वविद्यालयमा यहुदी विरोधी, उग्र वामपन्थी विचारधारा र जातीय पूर्वाग्रह रहेको आरोप लगाएको थियो ।

    कोलम्बिया विश्वविद्यालयसहित अन्य तीन आईभी लिग कलेजहरूले प्रशासनको यस्तै दाबीका कारण जोखिममा परेको आफ्नो फन्ड बचाउन ट्रम्पसँग सम्झौता गरेका थिए ।

    बोस्टनस्थित न्यायाधीश बरोजले बुधबारको फैसलामा अदालतले संविधानको प्रथम संशोधनको उल्लंघनका कारण फन्ड रोक्का गर्ने आदेश र समाप्त गर्ने पत्रहरूलाई खारेज गरेको छ । 

    उनले ट्रम्प प्रशासनलाई क्याम्ब्रिज, म्यासाचुसेट्सस्थित यो कलेजमा थप संघीय फन्ड रोक्नबाट रोक लगाए । उनले विद्यमान अनुदानहरूमा भुक्तानी रोक्न पनि सरकारलाई निषेध गरेको बीबीसीले जनाएको छ ।

    हार्वर्ड र ह्वाइट हाउसले तत्काल यस विषयमा कुनै टिप्पणी गरेका छैनन् । बीबीसी


    प्रतिक्रिया दिनुहोस