बुधबार, असोज २८ गते २०८३
  • यो साता चर्चामा :
  • संसदीय सुनुवाइ समितिको सभापति चयन गर्न बैठक बस्दै


    हुलाक प्रेस

    • शुक्रबार, भदौ २० २०८२०८:३५
    संसदीय सुनुवाइ समितिको सभापति चयन गर्न बैठक बस्दै

    काठमाडौं । संघीय संसद्को संसदीय सुनुवाइ समिति (संयुक्त), २०८० को बैठक आज बस्दैछ ।

    कानुन, न्याय तथा मानवअधिकार समितिको हलमा साँझ ५:१५ बजे बस्नेगरी निर्धारण भएको बैठकमा सभापतिको निर्वाचन प्रक्रिया अगाडि बढाउने कार्यसूची छ ।

    पहिले यो समितिको सभापति ईश्वरीदेवी न्यौपाने थिइन् । उनले राजीनामा दिई राज्य व्यवस्था तथा सुशासन समितिको सभापति निर्वाचित भएपछि सुनुवाइ समितिको सभापति पद रिक्त छ ।

    सोही समितिको सभापति चयनका लागि आज बैठक बोलाइएको सूचनामा उल्लेख छ ।


    प्रतिक्रिया दिनुहोस