काठमाडौँ । भारतका प्रधानन्यायाधीश भूषण रामकृष्ण गवईले न्यायपालिकाले सबैलाई समान व्यवहार गर्नुपर्ने बताएका छन् ।
शुक्रबार काठमाडौंमा आयोजना गरेको नेपाल-भारत न्यायिक संवाद– २०२५ (हालैको न्यायशास्त्र र न्याय क्षेत्र सुधार विषयका संवाद कार्यक्रम)लाई सम्बोधन गर्दै उनले सो कुरा बताएका हुन् । न्यायपालिका आगोजस्तो भएपनि न्यायपालिकाले आगो निभाउन क्याटालिस्टको काम गर्नुपर्ने बताउँदै गवईले राज्यका कमजोर वर्गको पक्षमा न्याय सम्पादन गर्नुपर्ने बताए ।
भारतमा सेवाग्राहीका लागि न्यायपालिकाले ई-सेवा केन्द्र स्थापना गर्नुका साथै भर्चुअल सुनुवाइसहित विभिन्न प्रविधिको उपयोग गर्दै सुनुवाइ भैरहेको उनले बताए । नेपाल र भारतको न्यायपालिकाबीच विगतमा भएका समझदारीले दुवै देशको न्यायपालिकालाई बलियो बनाउन मद्दत पुग्ने विश्वास उनले व्यक्त गरे ।
न्यायपालिकाले कमजोर वर्गका लागि संविधानद्वारा प्रदान गरिएको मौलिक अधिकार र राज्यको निर्देशक सिद्धान्तसँग कहिल्यै पनि सम्झौता गर्न नहुने बताए ।