शुक्रबार, असोज ३० गते २०८३
  • यो साता चर्चामा :
  • सामाजिक सञ्जालमा लगाइएको रोकविरुद्धको रिट सर्वोच्चद्वारा दर्ता गर्न अस्वीकार


    हुलाक प्रेस

    • आइतबार, भदौ २२ २०८२१०:५०
    सामाजिक सञ्जालमा लगाइएको रोकविरुद्धको रिट सर्वोच्चद्वारा दर्ता गर्न अस्वीकार

    काठमाडौँ । सर्वोच्च अदालतले सामाजिक सञ्जालमा लगाइएको रोकविरुद्धको रिट दरपिठ(दर्ता गर्न अस्वीकार) गरेको छ ।

    सार्वजनिक सरोकार अन्तर्गत अधिवक्ता सुनिलरञ्जन सिंहले सर्वोच्च अदालतमा रिट निवेदन पेस गरेका थिए । सर्वोच्च अदालतका रजिस्ट्रार मानबहादुर कार्कीले सर्वोच्च अदालतको फैसलालाई आधार बनाउँदै सरकारले सामाजिक सञ्जाल दर्ता गर्नका लागि आह्वान गरेको भन्दै रिट दरपिठ गरेको हो ।

    सूचीकरणमा नआएको भन्दै सरकारले फेसबुकलगायतका सामाजिक सञ्जालमाथि प्रतिबन्ध लगाएको छ । बिहीबार सञ्चार मन्त्रालयले तोकिएको समयसीमाभित्र सूचीकरणमा नआएका सामाजिक सञ्जालमाथि प्रतिबन्ध लगाउन नेपाल दूरसञ्चार प्राधिकरणलाई दिएको हो ।

    सर्वोच्च अदालतको बृहत् पूर्ण इजलासले अदालतको अवहेलनासम्बन्धी मुद्दा (मुद्दा नं. ०८०-CF-००१२) मा स्वदेशी वा विदेशी उत्पत्तिका अनलाइन तथा सामाजिक सञ्जाल प्लेटफर्महरूलाई सञ्चालन पूर्व अनिवार्य रूपमा सम्बन्धित साधिकार निकायबाट सूचीकरण गरी अनिच्छित सामाग्रीहरुको मूल्याङ्कन र अनुगमन गर्न नेपाल सरकारको नाममा निर्देशनात्मक आदेश दिएको भन्दै सञ्चार मन्त्रालयले सामाजिक सञ्जालमाथि प्रतिबन्ध लगाउने निर्णय गरेको हो ।

    writ darpith.jpg

     


    प्रतिक्रिया दिनुहोस