बुधबार, असोज २८ गते २०८३
  • यो साता चर्चामा :
  • गृहमन्त्री रमेश लेखकले नैतिकताको आधारमा राजीनामा दिने


    हुलाक प्रेस

    • सोमबार, भदौ २३ २०८२०७:५५
    गृहमन्त्री रमेश लेखकले नैतिकताको आधारमा राजीनामा दिने

    काठमाडौं । गृहमन्त्री रमेश लेखकले आफू पदमा नबस्ने जानकारी पार्टीलाई गराएका छन् ।

    सोमबार साँझ सभापति शेरबहादुर देउवा निवासमा बसेको पदाधिकारी र पूर्वपदाधिकारीको बैठकमा गृहमन्त्री लेखकले यस्तो बताएका हुन् ।

    एक पदाधिकारीका अनुसार, उनले ठूलो जनधनको क्षति भएको बताउँदै आफू पदमा नबस्ने बताएका हुन् ।

    ‘आजको प्रदर्शनमा ठूलो मानवीय क्षति भयो । मैले त्यसको नैतिक जिम्मेवारी लिनुपर्छ, नैतिकताका आधारमा पदमा बस्दिनँ,’ गृहमन्त्री लेखकको भनाइ उद्धृत गर्दै ती पदाधिकारीले हुलाकप्रेस सँग भने ।


    प्रतिक्रिया दिनुहोस