बुधबार, असोज २८ गते २०८३
  • यो साता चर्चामा :
  • ८ सदस्यीय मन्त्रिपरिषद्‍मा प्रधानमन्त्री कार्कीपछि दोस्रो वरियतामा अर्थमन्त्री खनाल (सूचीसहित)


    हुलाक प्रेस

    • सोमबार, असोज ६ २०८२१०:२०
    ८ सदस्यीय मन्त्रिपरिषद्‍मा प्रधानमन्त्री कार्कीपछि दोस्रो वरियतामा अर्थमन्त्री खनाल (सूचीसहित)

    काठमाडौँ । सुशीला कार्की नेतृत्वको मन्त्रिपरिषद् ८ सदस्यीय बनेको छ । सोमबार राष्ट्रपति रामचन्द्र पौडेलले मन्त्रिपरिषद् विस्तार गर्दा प्रधानमन्त्री कार्कीपछिको वरीयतामा अर्थ तथा संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री रामेश्वर प्रसाद खनाल छन् । 

    तेस्रो वरीयतामा ऊर्जा र भौतिक पूर्वाधारमन्त्री कुलमान घिसिङ र चौथो वरीयतामा गृहमन्त्री ओम प्रकाश अर्याल रहेका छन् । 

    यस्तै पाँचौ वरीयतामा तीन मन्त्रालयको जिम्मेवारी पाएका अनिलकुमार सिन्हा रहेका छन् । उनले उद्योग, कानुन र भूमि व्यवस्था मन्त्रालय पाएका छन् भने त्यसपछिको वरीयतामा शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री महावीर पुन छन् । 

    यस्तै सातौँ वरीयतामा कृषिमन्त्री मदन प्रसाद परियार हुँदा सञ्चारमन्त्री बनेका जगदीश खरेलको वरीयता पुछारमा रहेको छ । 

    मन्त्रिपरिषद्-गठन-विज्ञप्ति.jpg

     

     


    प्रतिक्रिया दिनुहोस