बुधबार, असोज २८ गते २०८३
  • यो साता चर्चामा :
  • वीर अस्पतालका लेखा अधिकृत १ लाख २० हजार घुससहित पक्राउ


    हुलाक प्रेस

    • आइतबार, असोज २६ २०८२०८:०५
    वीर अस्पतालका लेखा अधिकृत १ लाख २० हजार घुससहित पक्राउ

    काठमाडौँ । चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान, वीर अस्पतालका लेखा अधिकृत ढुण्डीराज दाहाल घुससहित पक्राउ परेका छन् ।

    अख्तियार दुरुपयोग अनुसन्धान आयोगले उनलाई वीर अस्पतालको आर्थिक प्रशासन शाखाबाट केहीबेरअघि रंगेहात नियन्त्रणमा लिएको हो ।

    भक्तपुरको मध्यपुर ठिमी नगरपालिका वडा नं ९, बोडेका ५० वर्षीय दाहाललाई १ लाख २० हजार ८५० रूपैयाँ घुस रकमसहित नियन्त्रणमा लिइएको अख्तियारले जनाएको छ । दाहालको साथबाट एउटा मोबाइल र सम्बन्धित कागजातहरू पनि बरामद गरिएको छ ।

    उनले विभिन्न सप्लायर्स कम्पनी, ठेकेदारहरूलाई नियमानुसार भुक्तानी गर्नुपर्ने बिल रकम भुक्तानी गर्दा घुसवापतको रकम लिई कार्यकक्षमा लुकाउन खोजिरहेका बेला अख्तियारको टंगालस्थित मुख्यालयबाट खटिई गएको टोलीले नियन्त्रणमा लिएको थियो ।


    प्रतिक्रिया दिनुहोस