बुधबार, असोज २८ गते २०८३
  • यो साता चर्चामा :
  • संसद पुनस्थापनाका लागि अदालत जाने एमालेको निर्णय


    हुलाक प्रेस

    • आइतबार, असोज २६ २०८२०९:४७
    संसद पुनस्थापनाका लागि अदालत जाने एमालेको निर्णय

    काठमाडौं । संसद् विघटन असंवैधानिक भएको भन्दै नेकपा एमाले अदालत जाने भएको छ । भक्तपुरको गुण्डुमा बसेको सचिवालय बैठकले अदालत खुल्नासाथ अदालत जाने निर्णय गरेको हो ।

    एमाले उपमहासचिव प्रदीप ज्ञवालीले अदालत संसद् पुनर्स्थापनाका लागि अदालत जाने निर्णय भएको जानकारी दिए ।

    ‘अहिलेका कुनै पनि गतिविधि चुनाव उन्मुख छैनन् । यो विघटन नै असंवैधानिक भएकाले त्यो पुनर्स्थापना हुनुपर्छ भन्ने हाम्रो माग छ,’ ज्ञवालीले भने, ‘अदालत खुलोस्, अनि हामी जान्छौं ।’


    प्रतिक्रिया दिनुहोस