बिहीबार , असोज २९ गते २०८३
  • यो साता चर्चामा :
  • गाजा युद्ध अन्त्य भएको घोषणा गर्दै इजरायल प्रस्थान गरे ट्रम्प, बन्धक आज रिहाइ हुँदै


    हुलाक प्रेस

    • सोमबार, असोज २७ २०८२०८:४८
    गाजा युद्ध अन्त्य भएको घोषणा गर्दै इजरायल प्रस्थान गरे ट्रम्प, बन्धक आज रिहाइ हुँदै

    काठमाडौँ । अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले ‘गाजा युद्ध’ अन्त्य भएको घोषणा गरेका छन् । उनले युद्ध अन्त भएको घोषणा गर्दै बन्धकहरु रिहाइ हुन लाग्दा उनी इजरायल तर्फ प्रस्थान गरेका छन् । उनले ‘एयरफोर्स वान’ मा प्रवेश गर्नु अघि भने ‘अब युद्धविराम निरन्तर हुने छ। गाजामा चाँडै ‘शान्ति बोर्ड’ स्थापना गरिने छ ।’

    एयरफोर्स वान अमेरिकी राष्ट्रपतिको आधिकारिक विमान हो। यसै विमानमार्फत उनी यात्रा गर्ने गर्छन् । हमाससँग इजरायली बन्धक मुक्त गर्नका लागि आज स्थानीय समय अनुसार दिउँसो १२ बजे सम्मको समय सिमा दिएको छ । ट्रम्प इजरायल बाट इजिप्ट जाने छन् । त्यहाँ उनले गाजाका विषयमा विभिन्न देशका प्रतिनिधिहरुसँग वार्ता गर्ने कार्यतालिका रहेको छ ।

    अमेरिकाको मध्यस्थतामा भएको युद्धविराम सम्झौताको पहिलो चरणअन्तर्गत, इजरायलमा रहेका झण्डै २,००० जना प्यालेस्टिनी कैदी र बन्दीहरूलाई पनि मुक्त गरिने छ । ट्रम्पले इजरायलको संसदमा सम्बोधन गर्ने र प्रधानमन्त्री बेन्जामिन नेतन्याहु तथा बन्धकका परिवारहरूसँग भेट्ने योजना बनाएका छन् । त्यसपछि उनी गाजाको भविष्यबारे हुने सम्मेलनका लागि २० भन्दा बढी देशका नेताहरू सँगै उनीपनि इजिप्ट पुग्ने छन् ।

    संयुक्त राष्ट्रसंघका अनुसार इजरायलले थप सहायता सामग्री पठाउने अनुमति दिएको छ, जसको मात्रा हालसम्म १,९०,००० मेट्रिक टन पुगेको छ । संयुक्त राष्ट्रसंघले यसलाई ‘महत्त्वपूर्ण आपूर्तिको सुरुवात’ मानेको छ ।


    प्रतिक्रिया दिनुहोस