बिहीबार , असोज २९ गते २०८३
  • यो साता चर्चामा :
  • पाँचतारे होटल हायात अनिश्चितकालका लागि बन्द, गुम्यो २ सय मजदुरको रोजगारी


    हुलाक प्रेस

    • शनिबार, कात्तिक ८ २०८२०२:१४
    पाँचतारे होटल हायात अनिश्चितकालका लागि बन्द, गुम्यो २ सय मजदुरको रोजगारी

    काठमाडौं । जेनजी आन्दोलनमा तोडफोड भएपछि सञ्चालनमा आउन नसकेको पाँचतारे होटल तारागाउँ रिजेन्सी होटल (हायात रिजेन्सी काठमाडौं) अनिश्चितकालका लागि बन्द भएको छ ।

    होटल बन्द भएपछि २०० भन्दा बढी पूर्णकालीन मजदुरको रोजगारी गुमेको छ । मजदुरको विषयमा कानून अनुसार सेवा सुविधा दिन लागेको होटल प्रशासनले जनाएको छ । 

    जेनजी आन्दोलनका क्रममा गत भदौ २४ गते तोडफोड भएको यो होटल सञ्चालनमा आउन सकेको छैन । होटलको ७० वटा कोठा र लवि पूर्ण रुपमा क्षति पुगेकाले पुन निर्माणका लागि भन्दै बन्द गरिएको छ ।

    पाँचतारे होटल हायात रिजेन्सीमा २८० वटा कोठा छन् । अन्तर्राष्ट्रिय चेन होटल हायात बन्दले विदेशी पर्यटक आगमनमा नकारात्मक असर पर्ने देखिएको छ ।


    प्रतिक्रिया दिनुहोस