बुधबार, असोज २८ गते २०८३
  • यो साता चर्चामा :
  • कस्तो रहला आजको मौसम ?


    हुलाक प्रेस

    • सोमबार, कात्तिक १० २०८२०८:५६
    कस्तो रहला आजको मौसम ?

    काठमाडौं । नेपालको मौसम प्रणालीमा अरब सागरमा बनेको न्यूनचापीय प्रणालीको प्रभाव देखिन सुरु भएको छ । जसका कारण केही भूभागमा आज वर्षा हुनेछ । हाल देशमा पश्चिमीवायुको साथै अरब सागरमा बनेको न्यूनचापीय प्रणालीको प्रभाव रहेको छ ।

    जल तथा मौसम विज्ञान विभागका अनुसार दिउँसो वाग्मती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशलगायत बाँकी पहाडी भूभागमा साधारणतया बदली रहनेछ । बाँकी तराई भूभागमा आंशिक बदली रहनेछ । 

    सातवटै प्रदेशका उच्च पहाडी तथा हिमाली भूभागका एकदुई स्थानमा हल्का वर्षा र हिमपातको सम्भावना छ । विभागले राति वाग्मती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशलगायत बाँकी पहाडी भूभागमा साधारणतया बदली रहने बताएको छ । बाँकी तराई भूभागमा आंशिक बदली रहनेछ । 

    गण्डकी र कर्णाली प्रदेशका पहाडी तथा हिमाली भूभागका थोरै स्थानमा तथा लुम्बिनी प्रदेशलगायत बाँकी पहाडी तथा हिमाली भूभागका एकदुई स्थानमा मध्यम वर्षा र हिमपातको सम्भावना रहेको छ ।


    प्रतिक्रिया दिनुहोस