बिहीबार , असोज २९ गते २०८३
  • यो साता चर्चामा :
  • प्रतिनिधि सभा विघटन र सरकार गठनको विषयमा सर्वोच्चले दिएन अन्तरिम आदेश


    हुलाक प्रेस

    • बुधबार, कात्तिक १२ २०८२१०:४६
    प्रतिनिधि सभा विघटन र सरकार गठनको विषयमा सर्वोच्चले दिएन अन्तरिम आदेश

    काठमाडौं । प्रतिनिधि सभा विघटन र सरकार गठनको विषयमा सर्वोच्च अदालतले अन्तरिम आदेश जारी गर्न अस्वीकार गरेको छ । बुधबार संवैधानिक इजलासले अन्तरिम आदेश अन्तिम सुनुवाइ हुँदा विचार गर्नुपर्ने भएकाले जारी गर्न अस्वीकार गरेको हो ।

    ‘अन्तरिम आदेश माग गरेको विषयवस्तु समेत रिट निवेदकको अन्तिम सुनुवाइ हुँदा विचार गर्नुपर्ने प्रकृतिको देखिँदा हाल निवेदन मागदाबी बमोजिम अन्तरिम आदेश जारी गरिरहनुपरेन,’ आदेशमा भनिएको छ ।

    रिट निवेदकहरूले बुधबार प्रधानन्यायाधीश प्रकाशमान सिंह राउत, वरिष्ठतम न्यायाधीश सपना प्रधान मल्ल, न्यायाधीशहरू कुमार रेग्मी, हरिप्रसाद फुयाल र मनोजकुमार शर्माको इजलासमा सरकार विघटनका विषयमा दुरागामी असर नपर्ने, र संवैधानिक असर नहुने प्रकृतिका निर्णय गर्नबाट रोक्न भन्दै अन्तरिम आदेशको माग गरेका थिए ।

    त्यस्तै, उनीहरूले निर्वाचन समेत रोक्नको माग गरेका थिए। सर्वोच्च अदालतले विपक्षीहरूलाई सात दिनभित्र महान्यायाधीवक्ताको कार्यालयमार्फत लिखिज जबाफको समेत माग गरेको छ । लिखित जबाफ प्राप्त भएपछि इजलासमा पेस गर्न माग आदेश जारी गरेको छ । अधिवक्ताहरूले लिखित जबाफ माग गर्ने समयलाई १५ दिनबाट ७ दिनभित्र माग्नेगरी छोट्याउन समेत माग गरेका थिए ।


    प्रतिक्रिया दिनुहोस