बिहीबार , असोज २९ गते २०८३
  • यो साता चर्चामा :
  • डा. सञ्जीव तिवारीले मानहानी मुद्दामा पाए सफाइ


    हुलाक प्रेस

    • बुधबार, कात्तिक १९ २०८२१०:३२
    डा. सञ्जीव तिवारीले मानहानी मुद्दामा पाए सफाइ

    काठमाडौँ । उच्च अदालत पाटनले नेपाल मेडिकल एशोसिएसन (एनएमए) का महासचिव डा. सञ्जीव तिवारीविरुद्ध दायर अदालतको मानहानी (अवहेलना) मुद्दामा दाबी नपुग्ने ठहर गरेको छ । 

    अदालतले अघि वेबसाइट सार्वजनिक भएको “दाबी पुग्ने” भन्ने अंशलाई सच्याउँदै दाबी नपुग्ने निर्णय गरेको छ ।

    उपभोक्ता हित संरक्षण मञ्चका तर्फबाट अधिवक्ताद्वय जय प्रसाद पौडेल र सुबिन पाण्डेले तिवारीविरुद्ध मुद्दा दायर गरेका थिए । मञ्चले तिवारीले उपभोक्ता अदालतको फैसला नबुझी गलत व्याख्या गरेको, अदालतको मानमर्दन हुने गरी प्रेस नोट जारी गरेको र विरोध प्रदर्शनका लागि उत्प्रेरित गरेको आरोप लगाएको थियो ।

    तर, अदालतले सम्पूर्ण कागजात र निवेदनको अध्ययनपछि अवहेलनाको अभियोग पुष्टि नहुने ठहर गर्दै दाबी नपुग्ने फैसला सुनाएको हो ।


    प्रतिक्रिया दिनुहोस