बिहीबार , असोज २९ गते २०८३
  • यो साता चर्चामा :
  • अमेरिकाको सैन्य अड्डामा शंकास्पद वस्तुका कारण सैनिकहरू बिरामी


    हुलाक प्रेस

    • शुक्रबार, कात्तिक २१ २०८२०८:०८
    अमेरिकाको सैन्य अड्डामा शंकास्पद वस्तुका कारण सैनिकहरू बिरामी

    एजेन्सी । अमेरिकाको मेरिल्यान्डस्थित एक सैन्य अड्डामा सेतो धुलो भएको शंकास्पद पार्सल खोल्दा धेरैजना बिरामी परेको र कतिपयलाई अस्पताल भर्ना गरिएको सीएनएनले बिहीबार समाचार प्रकाशन गरेको छ ।

    वाशिङटन डीसीबाहिर रहेको जोइन्ट बेस एन्ड्रुजमा एक व्यक्तिले उक्त शंकास्पद पार्सल खोलेपछि भवन खाली गरिएको सीएनएनले उक्त अड्डाको विज्ञप्तिलाई उद्धृत गर्दै जनाएको छ ।

    ‘सावधानीका लागि भवन र त्यससँग जोडिएको अर्को भवन खाली गरिएको छ र वरिपरि सुरक्षात्मक घेरा लगाइएको छ,’ विज्ञप्तिमा भनिएको छ ।

    सीएनएनका अनुसार, धेरै व्यक्तिहरूलाई उक्त अड्डाभित्रै रहेको म्याकम ग्रोभ मेडिकल सेन्टरमा लगिएको छ । उनीहरूको स्वास्थ्य अवस्थाबारे भने अहिलेसम्म जानकारी प्राप्त भएको छैन । ज्वाइन्ट बेस एन्ड्रुज अमेरिकाका राष्ट्रपति सवार हुने विमान एयर फोर्स वान राख्ने ठाउँका रूपमा प्रसिद्ध छ ।

    पार्सलमा अज्ञात सेतो धूलो पदार्थ भेटिएको सीएनएनले अनुसन्धानमा संलग्न दुई स्रोतहरूलाई उद्धृत गर्दै जनाएको छ ।

    बेसका प्राथमिक प्रतिक्रिया टोलीले तत्काल कुनै खतराको संकेत नभएको निष्कर्ष निकालेको र त्यसपछि घटनास्थललाई अफिस अफ स्पेशल इन्भेस्टिगेशनलाई जिम्मा लगाइएको सीएनएनले उल्लेख गरेको छ ।

    हाजमात टोलीले गरेको प्रारम्भिक परीक्षणमा कुनै पनि जोखिमपूर्ण पदार्थ पत्ता नलागेको तर अनुसन्धान अझै जारी रहेको सीएनएनले एक स्रोतलाई उद्धृत गर्दै जनाएको छ ।

    पत्र खोलिएको कोठा एयर नेशनल गार्ड रेडिनेस सेन्टरको भवनमा छ । त्यसलाई अहिले बन्द गरिएको छ ।


    प्रतिक्रिया दिनुहोस