बिहीबार , असोज २९ गते २०८३
  • यो साता चर्चामा :
  • ५० रुपैयाँ दरको ४२ करोड नोट छाप्न चिनियाँ कम्पनी छनोट


    हुलाक प्रेस

    • बुधबार, कात्तिक २६ २०८२०९:५५
    ५० रुपैयाँ दरको ४२ करोड नोट छाप्न चिनियाँ कम्पनी छनोट

    काठमाडौँ । नेपाल राष्ट्र बैंकले ५० रुपैयाँ दरको ४२ करोड नोट छाप्न चिनियाँ कम्पनी छनोट गरेको छ । 

    चीनको बेइजिङस्थित एम÷एस चाइना ब्यांकनोट प्रिन्टिङ एन्ड मिन्टिङ कर्पोरेसनले नेपाली नोट छाप्ने जिम्मा पाएको हो । 

     यसका लागि यही कात्तिक २५ गते सम्झौता भएको मुद्रा व्यवस्थापन विभागले जनाएको छ । विभागका अनुसार उक्त कम्पनीले १ करोड ४ लाख २२ हजार ५ सय ३५ अमेरिकी डलर २१ सेन्टमा नोट छाप्ने सम्झौतामा हस्ताक्षर गरेको छ । 

    गत साउन ९ मा यसका लागि टेन्डर गरिएकामा चिनियाँ कम्पनीले न्यूनतम बोल लगाएकाले छनोट भएको राष्ट्र बैकले जनाएको छ । 

    यसअघि यही कम्पनीलाई एक हजार रुपैयाँ दरका ४३ करोड थान नोट छाप्न केन्द्रीय बैंकले १ करोड ६९ लाख ८५ हजार अमेरिकी डलरमा सम्झौता गरेको थियो । 


    प्रतिक्रिया दिनुहोस