बुधबार, असोज २८ गते २०८३
  • यो साता चर्चामा :
  • माघ ६ गते उम्मेदवार मनोनयन गर्ने आयोगको प्रस्ताव दलहरूले गरे अस्वीकार


    हुलाक प्रेस

    • शुक्रबार, कात्तिक २८ २०८२०७:३८
    माघ ६ गते उम्मेदवार मनोनयन गर्ने आयोगको प्रस्ताव दलहरूले गरे अस्वीकार

    काठमाडौँ । निर्वाचन आयोगले फागुन २१ गतेका लागि तय भएको प्रतिनिधिसभा निर्वाचनका लागि उम्मेदवार मनोनयनका लागि माघ ६ गतेको मिति प्रस्ताव गरेको छ ।

    बिहीबार दलहरूसँग निर्वाचनको कार्यतालिकाबारेको छलफलमा आयोगले माघ ६ गतेका लागि मिति प्रस्ताव गरेको हो । तर दलहरूले भने यसमा सहमति जनाएका छैनन् । 'प्रस्तावित मितिमा दलहरूले सहमति नजनाएपछि अर्को छलफलमा बस्ने कुरा भएको छ' आयोग स्रोतले भन्यो ।  राजनीतिक दलले पहिले भयरहित निर्वाचन हुने किटान हुनुपर्ने दोहोर्‍याएका थिए । आयोगले प्रचारप्रसारका लागि १५ दिनको समय दिने प्रस्ताव पनि गरेको थियो । 

    त्यस्तै समानुपातिकतर्फको उम्मेदवारी बन्दसूची पेस गर्ने मिति भने पुस १८ र १९ गते तय भइसकेको छ । आयोगमा यसको पनि मिति हेरफेर गर्ने प्रस्ताव दलहरूले गरेका छन् ।  

     भदौ २३ र २४ गतेको जेनजी आन्दोलनपछि तत्कालीन केपी शर्मा ओली नेतृत्वको सरकार ढलेर पूर्वप्रधानन्यायाधीश सुशीला कार्की नेतृत्वको सरकार गठन भएको छ । यो सरकारले फागुन २१ गते प्रतिनिधिसभा निर्वाचन गर्ने म्यान्डेट पाएको छ । 


    प्रतिक्रिया दिनुहोस