बिहीबार , असोज २९ गते २०८३
  • यो साता चर्चामा :
  • सामाजिक सञ्जाल विद्येयकको मस्यौदा तयार भयो, कानुन उल्लंघन गरे २५ लाखसम्म जरिवाना


    हुलाक प्रेस

    • मंगलबार, पुस १७ २०८००९:३०
    सामाजिक सञ्जाल विद्येयकको मस्यौदा तयार भयो, कानुन उल्लंघन गरे २५ लाखसम्म जरिवाना

    काठमाडौं । सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले कार्यान्वयनमा ल्याउन खोजेको सामाजिक सञ्जाल विधेयक मस्यौदामा उल्लेख भएका नियम उल्लंघन गरेमा २५ लाख रुपैयाँसम्म जरिबाना तिर्नुपर्ने प्रावधान राखिएको छ।

    सञ्चार मन्त्रालयले सामाजिक सञ्जालको प्रयोगलाई मर्यादित, सुरक्षित र व्यवस्थित प्रयोग गर्न सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले तयार सामाजिक सञ्जाल (प्रयोग तथा नियमन) ऐन २०८० को विधेयक मस्यौदा तयार गरेर हाल सुझाव माग गरिरहेको छ।

    सामाजिक सञ्जाल विधेयक मस्यौदाको (१) दफा ४४ बमोजिमको कसूर गर्ने वा गराउनेलाई (क) दफा ४४ को खण्ड (क) बमोजिमको कसूर गर्नेलाई २५ लाख रुपैयाँ जरिबानाको व्यवस्था गरिएको छ। यस्तै (ख) खण्ड (क) मा लेखिएदेखि बाहेक अन्य कसूर गर्नेलाई पाँच लाख रुपैयाँसम्म जरिबानाको व्यवस्था गरिएको छ।

    (२) दफा ४४ बमोजिमको कसूर गर्न कसैलाई दुरुत्साहन गर्ने, उद्योग गर्ने, षडयन्त्र गर्ने वा त्यस्तो कसूर गर्न सघाउने वा अन्य कुनै व्यहोराले मतियार भई कार्य गर्ने व्यक्तिलाई मुख्य कसूरदारलाई हुने सजायको आधा सजाय हुनेछ।

    कुनै कसूर एक पटकभन्दा बढी गर्ने कसूरदारलाई जरिबाना दोब्बर गर्ने व्यवस्था मस्यौदामा उल्लेख छ।

    (१) दफा ४४ बमोजिमको कुनै कसूर एक पटकभन्दा बढी गर्ने कसूरदारलाई पटकै पिच्छे दफा ४५ बमोजिम हुने जरिबानाको दोब्बर जरिबाना हुनेछ।

    (२) सार्वजनिक पदधारण गरेको कुनै व्यक्तिले दफा ४४ बमोजिमको कुनै कसूर गरेमा त्यस्तो कसूरदारलाई दफा ४५ बमोजिम हुने जरिबानाको दोब्बर जरिबाना हुनेछ।


    प्रतिक्रिया दिनुहोस