बिहीबार , असोज २९ गते २०८३
  • यो साता चर्चामा :
  • एमालेद्वारा प्रतिनिधिसभा निर्वाचनका लागि दल दर्ताको निवेदन


    हुलाक प्रेस

    • मंगलबार, मंसिर ९ २०८२०१:०३
    एमालेद्वारा प्रतिनिधिसभा निर्वाचनका लागि दल दर्ताको निवेदन

    काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (एमाले)ले आगामी प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि दल दर्ताका लागि निवेदन दिएको छ । 

    एमाले केन्द्रीय निर्वाचन विभागका प्रमुख निरज आचार्यसहितका नेताहरुले निर्वाचन आयोगमा पुगेर दल दर्ताका लागि निवेदन दिएका हुन् ।

    आगामी फागुन २१ गते हुने उक्त आमनिर्वाचनका लागि हालसम्म आयोगका दर्ता रहेका ६७ राजनीतिक दलले चुनावमा भाग लिन दल दर्ताका लागि निवेदन दिएको आयोगका प्रवक्ता नारायणप्रसाद भट्टराईले जानकारी दिए ।

    एमालेले आगामी माघ ११ गते हुने राष्ट्रियसभा सदस्य निर्वाचनका लागि यसअघि नै दल दर्ताका लागि निवेदन दिइसकेको छ । 
    रासस


    प्रतिक्रिया दिनुहोस