बिहीबार , असोज २९ गते २०८३
  • यो साता चर्चामा :
  • दल दर्ताको लागि ४ दिन समय थपियो


    हुलाक प्रेस

    • बुधबार, मंसिर १० २०८२०८:५९
    दल दर्ताको लागि ४ दिन समय थपियो

    काठमाडौं । प्रतिनिधिसभा निर्वाचनको प्रयोजनका लागि निर्वाचन आयोगले दल दर्ताको समय थप गरेको छ ।

    आज (मंसिर १०) गतेसम्मका लागि तय गरिएको समय यही मंसिर १४ गतेसम्मका लागि थप गरिएको निर्वाचन आयोगले जनाएको छ ।

    आयोगका प्रवक्ता नारायणप्रसाद भट्टराईका अनुसार, आजसम्म निर्वाचन आयोगमा कायम रहेका दलहरू १३७ पुगेको छ ।

    प्रतिनिधिसभा निर्वाचन आगामी फागुन २१ गतेका लागि तय भएको छ ।


    प्रतिक्रिया दिनुहोस