बिहीबार , असोज २९ गते २०८३
  • यो साता चर्चामा :
  • बलात्कारको अभियोगमा १७ वर्षीय किशोरलाई १२ वर्ष कैद सजाय


    हुलाक प्रेस

    • बिहीबार , मंसिर ११ २०८२०९:३७
    बलात्कारको अभियोगमा १७ वर्षीय किशोरलाई १२ वर्ष कैद सजाय

    काठमाडौँ । बलात्कार गरेको ठहर गर्दै जिल्ला अदालत मकवानपुरले एक किशोरलाई १२ वर्ष कैद फैसला सुनाएको छ । 

    जिल्ला न्यायाधीश गीता श्रेष्ठको इजलासले हेटौंडा उपमहागनरपालिका-७ का १७ वर्षीय किशोरलाई कैद फैसला गरेको हो । अदालतले पीडकबाट पीडितलाई ७ लाख रुपैयाँ क्षतिपूर्ति भराउने आदेश पनि गरेको छ । नाबालकले क्षतिपूर्ति रकम दिन नसक्ने भएकाले पीडित राहत कोषबाट पीडितलाई रकम उपलब्ध गराउनसमेत अदालतले आदेश गरेको छ ।

    गत वैशाख २२ गते उनले १७ वर्षीया किशोरीलाई बलात्कार गरेका थिए । किशोर हेटौंडास्थित बालसुधार गृहमा रहेका छन् ।


    प्रतिक्रिया दिनुहोस