बिहीबार , असोज २९ गते २०८३
  • यो साता चर्चामा :
  • गोदावरीका पुरातात्त्विक सम्पदा संरक्षणका लागि सर्वोच्चको कारण देखाउ आदेश


    हुलाक प्रेस

    • आइतबार, मंसिर १४ २०८२०९:२४
    गोदावरीका पुरातात्त्विक सम्पदा संरक्षणका लागि सर्वोच्चको कारण देखाउ आदेश

    काठमाडौं । सर्वोच्च अदालतले ललितपुरको गोदावरी क्षेत्रका ऐतिहासिक र पुरातात्त्विक सम्पदाको संरक्षण नगरेको विषयमा कारण देखाउ आदेश जारी गरेको छ ।

    अधिवक्ताहरू चिरञ्जीवी नेपाल र राजाराम श्रेष्ठले दायर गरेको रिटमा प्रारम्भिक सुनवाइपछि न्यायाधीश सुनिलकुमार पोखरेलको इजलासले नगरपालिका र नगरकार्य समितिका नाममा कारण देखाउ आदेश जारी गरेको हो । 

    न्यायाधीश पोखरेलको इजलासले अधिवक्ताद्वयको रिटलाई अग्राधिकार प्रदान गर्ने आदेश गरेको छ । ललितपुर क्षेत्रमा छैठौँ शताब्दीदेखिका धार्मिक, सांस्कृतिक र पुरातात्त्विक महत्त्वका ऐतिहासिक सम्पदाहरू भए पनि पुरातत्त्व विभागदेखि स्थानीय सरकारसम्मले संरक्षणमा ध्यान नदिँदा मासिने जोखिममा रहेको रिट दाबी छ । रिटमा तत्काल सम्पदाको सूचीकरणका लागि स्थानीय सरकारका नाममा आदेश माग गरिएको छ ।


    प्रतिक्रिया दिनुहोस