बिहीबार , असोज २९ गते २०८३
  • यो साता चर्चामा :
  • न्याय सेवा अन्तर्गत ६० जनालाई जागीरकाे अवसर


    हुलाक प्रेस

    • सोमबार, मंसिर २९ २०८२११:४०
    न्याय सेवा अन्तर्गत ६० जनालाई जागीरकाे अवसर

    काठमाडाैं । लोक सेवा आयोगले आइतबार न्याय सेवा अन्तर्गत विभिन्न पदका लागि ६० जना कर्मचारी पदपूर्तिका लागि विज्ञापन खुलाएको छ।

    आयोगले न्याय समूह तर्फ ३१, कानूनतर्फ १३ र सरकारी वकिल तर्फ १६ जना कर्मचारी पदपूर्तिका लागि विज्ञापन खुलाएको हो । जसमा ६० मध्ये ३३ वटा कोटा खुल्लाका लागि छुट्याइएको छ भने बाँकी २७ वटा कोटा समावेशी समूह अन्तर्गत छ।

    न्याय समूहमा खुला १७, महिला ५, आधिवासी जनजाति ४, मधेसी ३, अपाङ्ग १, पिछडिएको क्षेत्रका लागि १ कोटा छ भने कानून तर्फ खुला ८, महिला २, आधिवासी जनजाति १, मधेसी २, दलितका लागि १ वटा कोटा छ ।

    त्यस्तै सरकारी वकिल समूहमा खुला ८, महिला २, आदिवासी जनजाति २, मधेसी १, दलित १ र अपाङ्गका लागि १ वटा कोटा रहेको छ ।

    आयोगले आवेदन दस्तुर प्रत्येक विज्ञापनका लागि १ हजार २ सय रुपैयाँ तोकेको छ भने थप समूहका लागि प्रत्येक समूहका लागि थप ४ सय रुपैयाँ शुल्क लाग्ने छ ।

    आवेदकले पुस ९ गते भित्र दरखास्त दिइसक्नुपर्ने आयोगले जनाएको छ । उक्त समय भित्र आवेदन नबुझाउनेहरूले दोब्बर दस्तुरमा पुस २२ गतेसम्म अनलाइन प्रणाली मार्फत आवेदन दिन सक्ने छन् ।

    न्याय सेवामा जनशक्ति अभाव भइरहेका समयमा खुलेकाे यस विज्ञापनलाई कानुन क्षेत्रमा भविष्य बनाउन चाहनेहरूका लागि महत्त्वपूर्ण अवसर का रूपमा हेरिएको छ।


    प्रतिक्रिया दिनुहोस