बिहीबार , असोज २९ गते २०८३
  • यो साता चर्चामा :
  • नेप्से परिसूचकमा दोहोरो अङ्कको सुधार


    हुलाक प्रेस

    • मंगलबार, पुस १ २०८२०४:०७
    नेप्से  परिसूचकमा दोहोरो अङ्कको सुधार

    काठमाडौँ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकमा दोहोरो अङ्कको सुधार देखिएको छ ।

    आज नेप्से परिसूचक १८ दशमलव ३७ अङ्कले बढेर दुई हजार ६१९ दशमलव ९९ को बिन्दुमा कायम भएको छ ।

    आज ३२५ कम्पनीको ७८ लाख चार हजार ४५ कित्ता शेयर ५५ हजार ७८ पटक खरिदबिक्री हुँदा रु तीन अर्ब २९ करोड ४२ लाख २७ हजार ११२ बराबरको कारोबार भएको छ । आजको कारोबारमा व्यापार समूह बाहेक सबै समूहको उपसूचक बढेको छ ।

    स्वस्तिक लघुवित्त वित्तीय संस्था लिमिटेड र नारायणी डेभलपमेन्ट बैङ्क लिमिटेडको शेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ । सबैभन्दा धेरै गुमाउनेमा भने श्वेतगङ्गा हाइड्रोपावर एन्ड कन्स्ट्रक्सन लिमिटेड रहेको छ । 

    कारोबार र कारोबार रकमका आधारमा आज सबैभन्दा धेरै ङादी ग्रुप पावर लिमिटेडको रु १९ करोड ८२ लाख ४५ हजार २५ बराबरको चार लाख ९४ हजार १८४ कित्ता शेयर किनबेच भएको छ ।
    रासस


    प्रतिक्रिया दिनुहोस