बुधबार, असोज २८ गते २०८३
  • यो साता चर्चामा :
  • एमाले महाधिवेशनः मतदान प्रक्रिया स्थगित, भोलि बिहान ८ बजेबाट मतदान हुने


    हुलाक प्रेस

    • मंगलबार, पुस १ २०८२०८:३१
    एमाले महाधिवेशनः मतदान प्रक्रिया स्थगित, भोलि बिहान ८ बजेबाट मतदान हुने

    काठमाडौँ । नेकपा एमालेको नयाँ नेतृत्व चयनका लागि भोलि बिहान ८ बजे निर्वाचन हुने भएको छ । 

    केहीबेरमा सुरु हुने भनिएको मतदान भोलि बिहान ८ बजेसम्मका लागि सरेको हो । महासचिव शंकर पोखरेलले मतदानस्थलबाटै भोलि बिहान ८ बजेसम्मका लागि मतदान सरेको जानकारी दिए ।

    ‘प्राविधिक कारणले गर्दा मतदान प्रक्रिया सुरु गर्न सकिएको छैन,’ पोखरेलले भने, ‘चिसो मौसमका कारणले पनि हामी लामो समय प्रतिक्षा गर्नसक्ने अवस्थामा छैनौं । त्यस अवस्थामा आज गर्ने भनिएको मतदान भोलि बिहान ८ बजेदेखि यसै स्थानमा गरिने जानकारी गराइन्छ ।’


    प्रतिक्रिया दिनुहोस