बिहीबार , असोज २९ गते २०८३
  • यो साता चर्चामा :
  • फेरी बढ्यो सुनको मुल्य, कतिमा भइरहेको छ कारोबार?


    हुलाक प्रेस

    • बुधबार, पुस २ २०८२०१:४९
    फेरी बढ्यो सुनको मुल्य, कतिमा भइरहेको छ कारोबार?

    काठमाडौँ । सुनचाँदीको मूल्य निरन्तर बढिरहेको छ ।

    मङ्गलबारको तुलनामा आज सुन तोलामा रु ७०० सय र त्यतिनै परिमाणको चाँदी रु १७० ले बढेको छ । 

    नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज एक तोला सुनको मूल्य रु दुई लाख ५९ हजार ७०० कायम भएको छ भने एक तोला चाँदीको मोल रु चार हजार ५५ निर्धारण भएको छ ।

    मङ्गलबार सुनको मूल्य प्रतितोला रु दुई लाख ५९ हजार निर्धारण भएको थियो भने एक तोला चाँदी रु तीन हजार ८८५ मा कारोबार भएको थियो ।

    अन्तरराष्ट्रिय सञ्चारमाध्यमहरूका अनुसार आज अन्तरराष्ट्रिय बजारमा एक औँस सुन चार हजार ३३० र त्यति नै परिमाणको चाँदी ६५ अमेरिकी डलरमा खरिदबिक्री भइरहेको छ ।
    रासस


    प्रतिक्रिया दिनुहोस