काठमाडौँ । नेकपा (एमाले) को ११ औं महाधिवेशन अन्तर्गतको निर्वाचनमा अहिलेसम्म १२ सय ८२ मत खसेको छ । राजधानीको भृकुटीमण्डपमा भइरहेको निर्वाचनमा १२ सय ८२ मत खसेको हो ।
निर्वाचनमा राति १० बजेसम्म १२ सय ८२ मत खसेको निर्वाचन आयोगका उपाध्यक्ष सानुराजा पोखरेलले जानकारी दिए । मतदान सकिन अझै १० घण्टा लाग्नसक्ने उनले बताए । एमालेको नयाँ नेतृत्वका लागि भइरहेको निर्वाचनमा २२६३ जना मतदाता रहेका छन् ।