बिहीबार , असोज २९ गते २०८३
  • यो साता चर्चामा :
  • रास्वपा सभापति लामिछानेलाई धरौटीमा रिहा गर्न आदेश


    हुलाक प्रेस

    • बिहीबार , पुस ३ २०८२०५:१९
    रास्वपा सभापति लामिछानेलाई धरौटीमा रिहा गर्न आदेश

    काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका अध्यक्ष रवी लामिछानेलाई धरौटीमा रिहा गर्न अदालतले आदेश दिएको छ । 

    सहकारी ठगी प्रकरणमा लामो समयदेखि थुनामा रहेका लामिछानेलाई बिहीबार (पुस ३) उच्च अदालत तुलसीपुरको बुटवल इजलासले धरौटीमा छाड्न आदेश दिएको हो । 

    न्यायाधीश बासुदेव आचार्य र तेजनारायण पौडेलको इजलासले लामिछानेलाई २ करोड ६८ लाख रुपैयाँ जमानत राखे बापत थुनामुक्त गर्न आदेश दिएको उच्च अदालत बुटवलका सूचना अधिकारी रामबहादुर कुँवरले बताए । 

    लामिछानेले बिगो बापतको रकम बुझाएर थुनाबाहिर बस्न पाउँ भनी निवेदन दिएका थिए ।

    rabi 1.jpeg

    rabi 2.jpeg
    undefined


    प्रतिक्रिया दिनुहोस