बिहीबार , असोज २९ गते २०८३
  • यो साता चर्चामा :
  • एमालेको ११औँ महाधिवेशन सम्पन्न, नयाँ नेतृत्वको सपथ


    हुलाक प्रेस

    • बिहीबार , पुस ३ २०८२०६:२१
    एमालेको ११औँ महाधिवेशन सम्पन्न, नयाँ नेतृत्वको सपथ

    काठमाडौँ । नयाँ नेतृत्व चयन र सामयिक राजनीतिक प्रस्ताव पारित गर्दै नेकपा (एमाले) को ११औँ राष्ट्रिय महाधिवेशन आज सम्पन्न भएको छ ।

    भक्तपुरको सल्लाघारीमा गत मङ्सिर २७ गते उद्घाटन भई काठमाडौँको भृकुटीमण्डपमा मङ्सिर २८ गतेदेखि सुरु भएको बन्दसत्रको आज औपचारिक समापन भएको हो । सो पार्टीको केन्द्रीय निर्वाचन आयोगका अध्यक्ष डा विजय सुब्बाले अन्तिम मत परिणाम घोषणा गरेका थिए ।

    अन्तिम मत परिणाममा केपी शर्मा ओलीको नेतृत्वमा ३०१ सदस्यीय केन्द्रीय कमिटी र २५÷२५ सदस्यीय केन्द्रीय अनुशासन आयोग र लेखा आयोगका पदाधिकारी र सदस्यहरु निर्वाचित भएका छन् । अध्यक्षमा निवर्तमान वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल प्रतिस्पर्धामा रहेका थिए ।
    आयोगका अध्यक्ष डा विजय सुब्बासमक्ष नवनिर्वाचित पार्टी अध्यक्ष ओलीले सपथ लिए भने अन्य पदाधिकारी तथा सदस्यलाई अध्यक्ष ओलीले सपथ गराए । रासस


    प्रतिक्रिया दिनुहोस