बिहीबार , असोज २९ गते २०८३
  • यो साता चर्चामा :
  • छ वटा राजनीतिक  दल खारेज


    हुलाक प्रेस

    • बुधबार, पुस ९ २०८२०५:४०
    छ वटा राजनीतिक  दल खारेज

    काठमाडौ । निर्वाचन आयोगले तोकिएको जरिवना नबुझाएका छ वटा राजनीतिक दलको दर्ता खारेज गरेको छ ।

    आयोगले राजनीतिक दलसम्बन्धी ऐन, २०७३ को दफा ५४ को उपदफा ९४० बमोजिम जरिवाना नबुझाएका दललाई सोही ऐनको दफा १२ बमोजिम खारेज गरेको हो । 

     आयोगका अनुसार आम आदमी पार्टी नेपाल, नेपाल कम्युनिष्ट पार्टी (लोकतान्त्रिक), नेपाल राष्ट्रवादी पार्टी,  आधुनिक नेपाल समाजवादी पार्टी, नेपाल कम्युनिष्ट पार्टी (गौरवशाली) र माओवादी जनमुक्ति पार्टी खारेज भएका छन् । 

    हाल आयोगमा दर्ता भएका दलको सङ्ख्या १३७ छ । रासस


    प्रतिक्रिया दिनुहोस