बिहीबार , असोज २९ गते २०८३
  • यो साता चर्चामा :
  • रमेश लेखकले सोमबार आयोगमा बयान दिने, लगतै पत्रकार सम्मेलन गर्ने


    हुलाक प्रेस

    • आइतबार, पुस १३ २०८२१०:३१
    रमेश लेखकले सोमबार आयोगमा बयान दिने, लगतै पत्रकार सम्मेलन गर्ने

    काठमाडौँ । तत्कालीन गृहमन्त्री रमेश लेखकले भोलि (सोमबार) जाँचबुझ आयोगमा बयान दिने भएका छन्। 

    भदौ २३ र २४ गतेको घटना सम्बन्धी छानबिन गर्न गठित जाँचबुझ आयोगले बयानका लागि बोलाएकोमा लेखक भोलि बयान दिन जाने भएका हुन्। 

    विहान ११ बजे बयानका लागि जाने लेखकले जानकारी दिए। बयान लगत्तै उनले पत्रकार सम्मेदलन गरेर आफ्ना धारणा सार्वजनिक गर्ने छन्। लेखकले भोलि दिउँसो ४ बजे नेपाली कांग्रेस संसदीय दलको कार्यालय सिंहदरबारमा पत्रकार सम्मेलन आयोजना गरिएको जनाएका छन्।

    भदौ २३ गते जेनजी आन्दोलन हुँदा लेखक गृहमन्त्री थिए। २३ गते प्रहरीले युवाहरूमाथि दमन गर्दा १९ जनाको मृत्यु भएपछि लेखकले २४ गते राजीनामा दिएका थिए। 

    सोही दिन सिंहदरबार लगायतका स्थानमा आगजनी भएको थियो भने केपी शर्मा ओली नेतृत्वको सरकार ढलेको थियो।


    प्रतिक्रिया दिनुहोस