बिहीबार , असोज २९ गते २०८३
  • यो साता चर्चामा :
  • आयोगमा ५३ दलले बुझाए धरौटी


    हुलाक प्रेस

    • सोमबार, पुस १४ २०८२०७:२२
    आयोगमा ५३ दलले बुझाए धरौटी

    काठमाडौं । निर्वाचन आयोगमा दलहरूले धमाधम समानुपातिकतर्फको बन्दसूची पेश गरिरहेका छन् ।

    फागुन २१ मा हुने प्रतिनिधि सभा निर्वाचनका लागि आज आयोगमा बन्द सूची बुझाउने अन्तिम दिन हो । जस अनुसार सोमबार साँझसम्मै आयोगमा चहलपहल बाक्लो छ । पछिल्लो विवरण अनुसार ५३ वटा दलले धरौटी बुझाइसकेका छन् ।

    राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) पनि आयोगमा निस्सा बुझाएको छ । नेकपा एमाले लगायतका दलहरूले पनि आयोगमा धरौटी बुझाएका छन् ।


    प्रतिक्रिया दिनुहोस