बुधबार, असोज २८ गते २०८३
  • यो साता चर्चामा :
  • उज्यालो पार्टीको समानुपातिक उम्मेदवार हुने छैनन्, प्रत्यक्षमा मात्रै उम्मेदवार


    हुलाक प्रेस

    • शनिबार, पुस २६ २०८२०८:२१
    उज्यालो पार्टीको समानुपातिक उम्मेदवार हुने छैनन्, प्रत्यक्षमा मात्रै उम्मेदवार

    काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीसँगको एकतामा असहमति जनाउँदै बाहिरिएको उज्यालो नेपाल पार्टी समानुपातिकतर्फको निर्वाचन प्रणालीमा छुट्ने भएको छ । यो पार्टीले निर्वाचन आयोगमा छुट्टै बन्दसूची नै बुझाएको छैन ।

    बन्द सूची बुझाउने अन्तिम दिन गत पुस १४ रास्वपा र उज्यालो नेपाल पार्टीबीच सहमति भएपछि रास्वपाको तर्फबाट सूची बुझाएको थियो । अब समानुपातिकको बन्दसूची बुझाउने समय सकिइसकेको छ । अब उज्यालो नेपाल पार्टीको तर्फबाट प्रत्यक्षतर्फका मात्र उम्मेदवार हुनेछन् ।

    अध्यक्ष कुलमान घिसिङले १६५ वटै निर्वाचन क्षेत्रमा उम्मेदवार उठाउने घोषणा पनि शनिबार गरिसकेका छन् । रास्वपाको तर्फबाट बुझाएको बन्दसूचीमा १४ जना उज्यालो नेपालतर्फका उम्मेदवार थिए । 

    ‘अब पार्टी नै विभाजन भएपछि रास्वपाको सूचीमा रहेकाहरू या त रावस्वपामै बस्नुपर्‍यो वा छोडेर हिँड्नुपर्‍यो,’ आयोगका एक पदाधिकारीले भने, ‘उनीहरू छोडेर पुस २८  व्यक्तिगत रुपमा नाम फिर्ता लिए भने रास्वपाले आफ्नो नाम थप्न पाउँछ । तर उज्यालो नेपालका चाहिँ कोही पनि समानुपातिक उम्मेदवार हुँदैनन् ।’ यो प्रश्नको सामना आजैमात्रै अध्यक्ष बनेका घिसिङले पत्रकार सम्मेलनमै सामना गर्नुपरेको थियो । जहाँ उनले सकेसम्म मिलाउने नसकेको खण्डमा प्रत्यक्षतर्फ मात्रै उम्मेदवार खडा गर्ने बताइसकेका छन् ।


    प्रतिक्रिया दिनुहोस