बुधबार, असोज २८ गते २०८३
  • यो साता चर्चामा :
  • गगन पक्षको कांग्रेस आधिकारिक : निर्वाचन आयोग कानुन शाखा


    हुलाक प्रेस

    • शुक्रबार, माघ २ २०८२०७:५४
    गगन पक्षको कांग्रेस आधिकारिक : निर्वाचन आयोग कानुन शाखा

    काठमाडौँ । निर्वाचन आयोगले कांग्रेस पार्टीको आधिकारिकता गगन थापा पक्षलाई प्रदान गरेको छ । आयोगको शुक्रबार बसेको बैठकले विशेष महाधिवेशनलाई वैधता प्रदान गर्दै त्यसले गरेको निर्णयलाई अद्यावधिक गर्ने निर्णय गरेको हो ।

    २७–३० पुससम्म भृकुटीमण्डपमा भएको पार्टीको विशेष महाधिवेशनले थापालाई पार्टी सभापतिमा चयन गरेको थियो । कांग्रेसको महाधिवेशनबाट निर्वाचित सभापति गगन थापा पक्षले पार्टीका विवरण अद्यावधिक गर्न निवेदन दिएको थियो भने शेरबहादुर देउवा पक्षले उक्त निवेदनको विपक्षमा निवेदन दिएको थियो ।

    उक्त विवादबारे कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारीसहितका आयुक्तहरू सगुनशम्शेर जबरा, जानकी तुलाधर र आयोगका सचिव छलफलमा थिए । गगनको पक्षले आधिकारिकता भएपछि देउवा समूहले विरोध गर्दै नाराबाजी गरेका छन् ।


    प्रतिक्रिया दिनुहोस