बिहीबार , असोज २९ गते २०८३
  • यो साता चर्चामा :
  • नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले झापा–५ बाट गराए उम्मेदवारी दर्ता


    हुलाक प्रेस

    • मंगलबार, माघ ६ २०८२०२:३३
    नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले झापा–५ बाट गराए उम्मेदवारी दर्ता

    काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले झापा–५ बाट  उम्मेदवारी दर्ता गराएका छन् ।

    मंगलबार निर्वाचन अधिकृतको कार्यालयमा पुगेर उनले आफ्नो उम्मेदवारी दर्ता गराएका हुन् । 

    यसअघिको निर्वाचनमा ओली यही क्षेत्रबाट निर्वाचित भएका थिए ।

    यो क्षेत्रमा रास्वपाका वरिष्ठ नेता बालेन शाहले पनि उम्मेदवारी दर्ता गराएका छन् । उनी काठमाडौंको मेयरबाट राजीनामा दिएर झापा–५ मा उम्मेदवार बनेका हुन् ।


    प्रतिक्रिया दिनुहोस