बुधबार, असोज २८ गते २०८३
  • यो साता चर्चामा :
  • देशभर जेनजी उमेर समूहका १ सय ५७ जना उम्मेदवार चुनावी मैदानमा


    हुलाक प्रेस

    • बिहीबार , माघ ८ २०८२१०:४५
    देशभर जेनजी उमेर समूहका १ सय ५७ जना उम्मेदवार चुनावी मैदानमा

    काठमाडौं । आउँदो फागुन २१ मा हुन गइरहेको प्रतिनिधिसभा निर्वाचनमा १५७ जना जेनजी उम्मेदवार चुनावी मैदानमा होमिएका छन् । निर्वाचन आयोगका अनुसार प्रत्यक्षतर्फको १६५ सिटका लागि ३ हजार ४८७ जना उम्मेदवार छन् । यसमध्ये १५७ जना २८ वर्षसम्मका छन् । जसमा ९४ जना स्वतन्त्र छन् । बाँकी दलीय उम्मेदवार हुन् ।

    दलगत रूपमा हेर्दा राष्ट्रिय स्वतन्त्र पार्टीले ९ जना जेनजी उमेर समूहका व्यक्तिलाई प्रतिनिधिसभा सदस्यको उम्मेदवार बनाएको छ । जसमा २८ वर्षीय बब्लु गुप्ता सिरहा–१, २८ वर्षीय सुरेन्द्र कार्की तेह्रथुम, २५ वर्षीय प्रशान्त उप्रेती मकवानपुर–१, २६ वर्षीय मनिष खनाल नवलपरासी (बर्दघाट सुस्ता पूर्व)बाट उम्मेदवार छन् ।

    २८ वर्षीय सुलभ खरेल रुपन्देही–२, २५ वर्षीय भुवन टमाटा मुगु, २६ वर्षीय टासी ल्हान्जोम हुम्ला, २७ वर्षीय मनिष खनाल नवलपुर–२, २७ वर्षीय ओमप्रकाश रावल अछाम–१ र २६ वर्षीय केपी खनाल कैलाली–२ बाट उम्मेदवार बनेका छन् ।

    रास्वपापछि धेरै जेनजी उमेर समूहका उम्मेदवार उठाउने दल हो– उज्यालो नेपाल पार्टी (उनेपा) र नेपाल मजदुर किसान पार्टी (नेमकिपा) । यी दुवै दलले जेनजी उमेर समूहका सात/सात जनालाई उम्मेदवार बनाएका छन् ।

    उनेपाले २५ वर्षीय बसन्त बुढाथोकीलाई मोरङ–६, २७ वर्षीय गोपाल तामाङलाई सुनसरी–२, २६ वर्षीय किशोरी कार्कीलाई ओखलढुंगामा उम्मेदवार बनाएको छ । यस्तै, उनेपाबाट २६ वर्षीय श्रवण पासवान सिरहा–३, २८ वर्षीय मनोजकुमार गुप्ता महोत्तरी–१, २५ वर्षीय रामाकान्तप्रसाद पटेल रौतहट–२ र २८ वर्षीय राजेश रावल अछाम–२ मा उम्मेदवार रहेका छन् ।

    नेमकिपाबाट २५ वर्षीय गंगाकुमारी राजवंशी मोरङ–५, २५ वर्षीय निलमकुमारी यादव सप्तरी–२, २६ वर्षीय राजु तामाङ काभ्रेपलाञ्चोक–२, २७ वर्षीय सुग्रिम चाई रुपन्देही–३, २६ वर्षीय सुरेन्द्र शाही अछाम–१, २५ वर्षीय सुनिता भण्डारी कैलाली–१ र २८ वर्षीय तृषण पुनमगर कैलाली–५ बाट उम्मेदवार छन् ।

    राष्ट्रिय परिवर्तन पार्टीले जेनजी उमेर समूहका चार जनालाई प्रतिनिधिसभा उम्मेदवार बनाएको छ ।

    यो पार्टीबाट २६ वर्षीय उषालक्ष्‍मी तुम्वाहाङफे तेह्रथुम, २५ वर्षीय शालिकराम राई धनकुटा, २५ वर्षीय मिरेश राई खोटाङ र २६ वर्षीय अरुण राई उदयपुर–२ मा उम्मेदवार रहेका छन् ।

    संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्चले २७ वर्षीय सुशान्त साम्पङ राईलाई झापा–५ मा उम्मेदवार बनाएको छ ।

    राष्ट्रिय प्रजातन्त्र पार्टी, श्रम संस्कृति पार्टी र जनमत पार्टीबाट तीन/तीन जना जेनजी उमेर समूहका उम्मेदवार छन् ।

    राप्रपाबाट जेनजी उमेर समूहका उम्मेदवारहरू हुन्– सविन निरौला, अजयकुमार दास र रवि हमाल ठकुरी । निरौला मोरङ–६, दास सप्तरी–२ र ठकुरी सुर्खेत–१ बाट उम्मेदवार बनेका हुन् ।

    श्रम संस्कृति पार्टीले २६ वर्षीय पंकज ठाकुरलाई सिराहा–४ मा उम्मेदवार बनाएको छ । श्रम संस्कृति पार्टीबाट यो उमेर समूहका २८ वर्षीय वसिम शेष पर्सा–१, २८ वर्षीय महेन्द्र पुन मगर डडेलधुराबाट उम्मेदवार छन् ।

    जनमत पार्टीबाट जेनजी उमेर समूहका उम्मेदवारहरू हुन्– २७ वर्षीय वीरेन्द्र महतो, २८ वर्षीय सोनु कुशवाह र २८ वर्षीय रामकल्याण रावत । महतो महोत्तरी–१, कुशवाह रौतहट–२ र रावत रौतहट–४ मा उम्मेदवार छन् ।


    प्रतिक्रिया दिनुहोस