बिहीबार , असोज २९ गते २०८३
  • यो साता चर्चामा :
  • जापानकाे बाँदर शिशु किन भइरहेछ ‘भाइरल’ ?


    हुलाक प्रेस

    • शनिबार, फागुन ९ २०८२०८:५६
    जापानकाे बाँदर शिशु किन भइरहेछ ‘भाइरल’ ?

    काठमाडौं । जापानको एउटा चिडियाखानामा रहेको एक अनाथ शिशु बाँदर आफ्नो खेलौनाप्रतिको माया र लगावका कारण अहिले विश्वभर भाइरल बनेको छ ।

    सात महिनाअघि, गत वर्ष जुलाईमा इचिकावा सिटी चिडियाखानामा जन्मिएको ‘पञ्च खान’ नामको उक्त मकाक (बाँदरको प्रजाति)लाई उसकी आमाले जन्मिएलगत्तै छाडिदिएकी थिई ।

    चिडियाखानाका हेरचाहकर्ताले उनलाई हातैले खुवाएर हुर्काएका थिए । उनीहरूले पञ्चलाई अन्य बाँदरहरू भएको खोरमा सारे, तर त्यहाँ उसलाई समूहबाट बहिष्कार गरिएको र घुलमिल हुन संघर्ष गरिरहेको पाइयो ।

    सुरुमा पञ्च खानलाई आफ्नो खोरका अन्य बाँदरहरूसँग घुलमिल हुन गाह्रो भइरहेको कुरा स्पष्ट रूपमा महसुस भयो । एक जना दर्शकले यो कुरा याद गरेर चिडियाखानाका हेरचाहकर्ताहरूलाई सचेत गराए, जसपछि उनीहरू तुरुन्तै सक्रिय भए । चिडियाखानाका हेरचाहकर्ताहरूले उनलाई एउटा ओरांगुटानको खेलौना दिने निर्णय गरे । 

    हेरचाहकर्ताहरूले स्विडिस फर्निचर ब्रान्ड आईकेईएद्वारा बेचिने सुन्तला रङको र ठूला आँखा भएको ओराङ्गुटान खेलौना रोज्नुअघि बेरेर राखिएका तौलिया र अन्य खेलौना जनावरसहितका विकल्प प्रयोग गरेर हेरेका थिए । 

    टोकियोबाहिरको एउटा चिडियाखानामा रहेको बाँदरको खोर अहिले पञ्च नामको शिशु जापानी मकाक र उसको खेलौना ओरांगुटान साथीका कारण अनिवार्य रूपमा हेर्नैपर्ने आकर्षण बनेको छ ।

    जन्मेपछि बाँदरहरू आफ्नी आमासँग टाँसिने स्वभावका हुन्छन् । तर, आमा साथमा नभएपछि हेरचाहकर्ताले उसको चिन्ता र एक्लोपन कम गर्न मद्दत पुगोस् भनेर एउटा ओरांगुटानको खेलौना दिएका थिए ।

    अहिले पञ्च विरलै मात्र त्यो खेलौनाबिना देखिन्छ । उसले त्यो खेलौनालाई आमा जस्तै व्यवहार गर्छ र सान्त्वनाका लागि प्रयोग गर्छ । फ्यानहरूले अनलाइनमा ‘ओरान–मामा’ नाम दिएको यो खेलौना आईकेईएबाट आएको हो । 


    प्रतिक्रिया दिनुहोस