बुधबार, असोज २८ गते २०८३
  • यो साता चर्चामा :
  • मतदाता परिचयपत्र नभए मतदान गर्न पाइँदैन ?


    हुलाक प्रेस

    • शुक्रबार, फागुन १५ २०८२०८:३९
    मतदाता परिचयपत्र नभए मतदान गर्न पाइँदैन ?

    काठमाडौं । निर्वाचन आयोगले फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनमा मतदाता परिचयपत्र वा नेपाली नागरिकताको प्रमाणपत्र देखाएर मतदान गर्न सकिने बताएको छ । 

    प्रतिनिधिसभा सदस्य निर्वाचन (मतदान) निर्देशका, २०८२ अनुसार मतदाताले मतदान गर्न जाँदा आफ्नो मतदाता परिचयपत्र वा नेपाली नागरिकताको प्रमाणपत्र लिएर जानु पर्नेछ । 

    मतदाताले राष्ट्रिय परिचयपत्र वा राहदानी अथवा जग्गाधनी प्रमाणपूर्जा वा सवारी चालक अनुमतिपत्र लिएर मतदान केन्द्रमा जान सक्नेछन् । यी मध्ये कुनै एउटा कागजात साथमा लिएर मतदान गर्न जान सकिनेछ । 

    मतदाता नामावलीमा नाम भएका मतदाताले मतदान गर्न पाउने मतदानमा खटिने सुरक्षाकर्मी कर्मचारी र सरोकारवालालाई सूचना सम्प्रेषण गर्ने निर्णय भएको आयोगले उल्लेख गरेको छ ।


    प्रतिक्रिया दिनुहोस