बुधबार, असोज २८ गते २०८३
  • यो साता चर्चामा :
  • जुम्लामा ज्ञानेन्द्र शाही निर्वाचित, विनिताको जमानत जफत


    हुलाक प्रेस

    • शनिबार, फागुन २३ २०८२०५:०७
    जुम्लामा ज्ञानेन्द्र शाही निर्वाचित, विनिताको जमानत जफत

    काठमाडाैँ । जुम्लाको प्रतिनिधि सभा सदस्यमा राप्रपाका ज्ञानेन्द्र शाही निर्वाचित भएका छन् । 

    शनिबार सम्पन्न मतगणनाअनुसार शाही १४ हजार८१६ मतसहित निर्वाचित भएका हुन् । उनका निकटतम प्रतिस्पर्धी एमालेका नरेश भण्डारीले ११ हजार ६३५ मत पाएका छन् ।

    त्यस्तै कांग्रेसका दिपबहादुर शाहीले ७ हजार १४३ मत पाउँदा नेपाली कम्युनिस्ट पार्टीका शान्तिलाल महत ४ हजार ५१८मतमा चित्त बुझाउन बाध्य भएका छन् । देशभर रास्वपाका उम्मेदवारको विजयी लहर हुँदा जुम्लामा रास्वपाका विनिता कठायतलगायतको जमानत जफत भएको छ ।


    प्रतिक्रिया दिनुहोस