बिहीबार , असोज २९ गते २०८३
  • यो साता चर्चामा :
  • रौतहट–१ मा रास्वपाका चौधरी विजयी, माधव नेपाल चौथो स्थानमा


    हुलाक प्रेस

    • शनिबार, फागुन २३ २०८२०५:२२
    रौतहट–१ मा रास्वपाका चौधरी विजयी, माधव नेपाल चौथो स्थानमा

    काठमाडौं । प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत रौतहट क्षेत्र नम्बर–१ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का उमेदवार राजेशकुमार चौधरी विजयी भएका छन् । शनिबार (फागुन २३) दिउँसो सम्पन्न मतगणनामा उनले २८ हजार ९४६ मत प्राप्त गरे ।

    उनका निकटतम प्रतिस्पर्धी नेकपा (एमाले)का उमेदवार अजयकुमार गुप्ताले १० हजार ६९३ मत ल्याए । तेस्रो स्थानमा रहेका नेपाली कांग्रेसका उमेदवार अनिलकुमार झाले आठ हजार ५७४ मत पाए ।

    पूर्वप्रधानमन्त्री एवं नेपाली कम्युनिस्ट पार्टी (नेकपा)का सहसंयोजक माधवकुमार नेपाल सात हजार ६६९ मतसहित चौथो स्थानमा रहेका निर्वाचन आयोगले जनाएको छ ।

    नेता नेपाल यसअघि ०६४ सालमा भएको संविधानसभाको पहिलो निर्वाचनमा पराजित भएका थिए । त्यसबाहेक उनले यही क्षेत्रबाट लगातार चुनाव जितेका थिए ।

     


    प्रतिक्रिया दिनुहोस