बिहीबार , असोज २९ गते २०८३
  • यो साता चर्चामा :
  • ललितपुर–३ मा रास्वपाकी तोसिमा कार्की विजयी


    हुलाक प्रेस

    • शनिबार, फागुन २३ २०८२०५:२६
    ललितपुर–३ मा रास्वपाकी तोसिमा कार्की विजयी

    काठमाडौं । प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत ललितपुर क्षेत्र नम्बर–३ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)की उमेदवार तोसिमा कार्की विजयी भएकी छन् । शनिबार (फागुन २३) अपराह्न सार्वजनिक अन्तिम मत परिणामानुसार ४३ हजार ९६ मतसहित उनी सांसद निर्वाचित भएकी हुन् ।

    उनका निकटतम प्रतिस्पर्धी नेपाली कांग्रेसका उमेदवार जितेन्द्र श्रेष्ठले नौ हजार ४५ मत पाए । तेस्रो स्थानमा रहेका नेपाली कम्युनिस्ट पार्टी (नेकपा)का उमेदवार राजकाजी महर्जनले ६ हजार २२ मत प्राप्त गरे ।

    नेकपा (एमाले)का उमेदवार सन्दन थापामगर तीन हजार २९७ मतसहित चौथो स्थानमा रहेका निर्वाचन आयोगले जनाएको छ ।

    ०७९ सालको निर्वाचनमा पनि तोसिमा यही क्षेत्रबाट निर्वाचित भएकी थिइन् ।


    प्रतिक्रिया दिनुहोस