बिहीबार , असोज २९ गते २०८३
  • यो साता चर्चामा :
  • अछामबाट भीम रावलले चुनाव हारे


    हुलाक प्रेस

    • शनिबार, फागुन २३ २०८२०५:२९
    अछामबाट भीम रावलले चुनाव हारे

    काठमाडौं । प्रतिनिधिसभा सदस्य निर्वाचनमा नेपाली कम्युनिस्ट पार्टी (नेकपा)का नेता भीम रावल पराजित भएका छन् । अछाम क्षेत्र नम्बर–१ मा रावल नेपाली कांग्रेसका उमेदवार भरतबहादुर स्वाँरसँग ५२६ मतान्तरले हारेका हुन् ।

    शनिबार (फागुन २३) दिउँसो सार्वजनिक अन्तिम मत परिणाम अनुसार सांसद निर्वाचित स्वाँरले १० हजार ७५९ मत प्राप्त गरे । रावलले १० हजार २३३ मत ल्याए ।

    नेकपा (एमाले)का उमेदवार दीपकबहादुर साउद सात हजार ३८९ मतसहित तेस्रो बने । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का उमेदवार ओमप्रकाश रावल एक हजार ७३९ मतसहित चौथो स्थानमा रहे ।

    राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का उमेदवार लोकेन्द्रबहादुर शाहले १०२ मत पाएका निर्वाचन आयोगले जनाएको छ ।


    प्रतिक्रिया दिनुहोस