बिहीबार , असोज २९ गते २०८३
  • यो साता चर्चामा :
  • आधा भरिएको ग्यास वितरण हुने, मूल्य पनि आधा


    हुलाक प्रेस

    • बिहीबार , फागुन २८ २०८२११:०६
    आधा भरिएको ग्यास वितरण हुने, मूल्य पनि आधा

    काठमाडौं । नेपाल आयल निगमले पछिल्लो समय विकसित घटनाक्रमका कारण आपूर्ति र वितरण प्रणालीलाई व्यवस्थित बनाउन प्रतिसिलिन्डर ७.१ केजी ग्यास भरेर वितरण गर्ने भएको छ ।

    यही फागुन २९ गतेदेखि अर्को व्यवस्था नभएसम्मका लागि यस्तो निर्णय गरिएको निगमले जनाएको छ । साथै निगमले ग्यासको तौल घटाएर मूल्य पनि घटाएको छ । "ग्यास सिलिन्डरमा ७.१ केजी एलपी ग्यास भरी प्रतिसिलिन्डर आधार मूल्य (रु ९५५) मा विक्री वितरण गर्ने निर्णय भएको…," निगमले भनेको छ ।

    भारतमा समेत सर्वसाधारण उपभोक्तालाई एलपी ग्यास प्राप्तिमा समस्या देखिन थालेको भन्दै निगमले यस्तो जनाएको हो ।


    प्रतिक्रिया दिनुहोस