बिहीबार , असोज २९ गते २०८३
  • यो साता चर्चामा :
  • सिन्धुली–१ बाट निर्वाचित रास्वपाका कार्कीविरुद्ध सर्वोच्चमा रिट, चैत २५ गतेलाई पेसी


    हुलाक प्रेस

    • मंगलबार, चैत ३ २०८२१०:३०
    सिन्धुली–१ बाट निर्वाचित रास्वपाका कार्कीविरुद्ध सर्वोच्चमा रिट, चैत २५ गतेलाई पेसी

    काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का तर्फबाट निर्वाचित उमेदवार धनेन्द्र कार्कीलाई सांसदको शपथ नखुवाउन माग गर्दै सर्वोच्च अदालतमा रिट दायर भएको छ । कार्कीविरुद्ध उनका निकटतम प्रतिस्पर्धी नेकपा (एमाले)का प्रदीपकुमार कटुवाल क्षेत्री (केसी)ले रिट दायर गरेका हुन् । 

    कार्की १६ हजार ६५९ मतसहित निर्वाचित हुँदा कटुवालले १५ हजार ८७५ मत पाएर दोस्रो भएका थिए । उनले कर्जा सूचना केन्द्रको कालोसूचीमा रहेको व्यक्ति उमेदवार नै हुन नपाउनेमा निर्वाचन आयोगले निर्वाचित घोषणा गरेको भन्दै निर्वाचित उमेदवार कार्कीसँगै निर्वाचन आयोगलाई समेत विपक्षी बनाएका छन् । 

    कटुवालले कायम नै नरहेको उमेदवारीबाट निर्वाचित हुन नसक्ने दावी गर्दै उनलाई निर्वाचित घोषणा गर्ने निर्वाचन आयोगको निर्णय बदर गर्दै आफूलाई निर्वाचित गर्न आदेश माग गरेका छन् । कटुवालका तर्फबाट युवराज पौडेल सफलले रिट दायर गरेका छन् । सर्वोच्चले उक्त रिटलाई चैत २५ को पेसी दिएको छ ।


    प्रतिक्रिया दिनुहोस