बिहीबार , असोज २९ गते २०८३
  • यो साता चर्चामा :
  • रविको मुद्दा हेर्न नमिल्ने न्यायाधीशरहित इजलासमा सुनुवाइ हुने, अर्को पेसी ९ गते


    हुलाक प्रेस

    • बिहीबार , चैत ५ २०८२०७:२२
    रविको मुद्दा हेर्न नमिल्ने न्यायाधीशरहित इजलासमा सुनुवाइ हुने, अर्को पेसी ९ गते

    काठमाडौं । सर्वोच्च अदालतले रवि लामिछानेको मुद्दामा महान्यायाधिवक्ताको संशोधित निर्णय पेश गरी आगामी चैत ९ गते अर्को पेशी तोक्न आदेश दिएको छ । बिहीबार भएको सुनुवाइपछि न्यायाधीशहरू सारंगा सुवेदी र सुनिलकुमार पोखरलेको इजलासले उक्त आदेश दिएको हो । 

    महान्यायाधिवक्ता सबिता भण्डारी बरालले रवि लामिछानेको हकमा मात्रै आरोपपत्र संशोधन हुने निर्णय गरेपछि विवादको रुप लिएको थियो ।  भण्डारीले २ माघमा लामिछानेसहित अरु सबै आरोपितहरूको हकमा आरोपपत्र संशोधन हुने निर्णय गरेकी थिइन् । 

    इजलास समक्ष ३० पुसको मात्रै निर्णय पेश भएको थियो । सर्वोच्चको आदेश अनुसार, अब यो इजलासले रविको मुद्दा नहेर्न पनि सक्छ । 

    गत २ माघमा भने लामिछानेसहित अरु सबै आरोपितहरूको हकमा आरोपपत्र संशोधन हुने निर्णय भएको थियो । सर्वोच्चले अर्को पेसीमा हेर्न नमिल्ने न्यायाधीशरहित गर्दै पेशी तोक्न समेत भनेको छ ।


    प्रतिक्रिया दिनुहोस