बिहीबार , असोज २९ गते २०८३
  • यो साता चर्चामा :
  • स्पेसएक्सले प्रक्षेपण गर्‍यो अन्तरिक्षबाटै मोबाइल नेटवर्क सेवा दिने स्याटलाइट


    हुलाक प्रेस

    • शुक्रबार, पुस २० २०८००६:२२
    स्पेसएक्सले प्रक्षेपण गर्‍यो अन्तरिक्षबाटै मोबाइल नेटवर्क सेवा दिने स्याटलाइट

    काठमाडौं । एलन मस्कको कम्पनी स्पेसएक्सले अन्तरिक्षबाट सोझै स्मार्टफोनमा सिग्नल पठाउन सक्ने स्याटलाइट प्रक्षेपण गरेको छ ।

    नेटवर्क उपलब्ध नभएका ‘डेड जोन’मा सेवा पुर्‍याउन स्पेसएक्सले सन् २०२२ को अगस्टमा ताररहित दूरसञ्चार सेवाप्रदायकसँग सम्झौता गरेको थियो ।

    स्पेसएक्सले सम्झौता गरेमध्येको एक अमेरिकी कम्पनी टी–मोबाइलले स्पेसएक्सको फाल्कन–९ रकेटबाट नेटर्वक सुविधा उपलब्ध गराउने स्याटलाइट मंगलबार प्रक्षेपण गरेको पुष्टि गरेको छ ।

    स्पेसएक्सले स्टारलिंकका स्याटलाइटबाट उपलब्ध गराउने यो नेटवर्क सुविधालाई डाइरेक्ट–टू–सेल भनिएको छ । यो स्याटेलाइट नेटर्वक सेवाबाट सन् २०२४ मा म्यासेजिङ र सन् २०२५ मा कल तथा डाटा सुविधा उपलब्ध हुने बताइएको छ ।

    स्पेसएक्सकी वरिष्ठ निर्देशक सारा स्प्यान्जेलोले कम्पनीका लागि यो कोसेढुंगा भएको बताएकी छन् ।

    टी–मोबाइलका मार्केटिङ, रणनीति तथा उत्पादन अध्यक्ष माइक काट्जले यसले दूर्गम स्थानमा पनि नेटर्वमा पहुँच पुर्‍याउने बताएका छन् ।

    स्याटलाइटबाट स्मार्टफोनमा सोझै नेटर्वक उपलब्ध गराउन जापानको केडीडीआई, अस्ट्रेलियाको ओप्ट्स, न्युजिल्यान्डको वान एनजेड र क्यानाडाको रोजर्सलगायतले पनि स्पेसएक्ससँग सहकार्य गर्ने बताइएको छ ।

    द गार्जियनबाट ।


    प्रतिक्रिया दिनुहोस