काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले सरकारले सिफारिस गरेका विभिन्न अध्यादेशका बारेमा संविधानविद् तथा कानुनविदहरूसँग परामर्श गरेका छन् ।
राष्ट्रपति भवन शीतलनिवासमा आज उनले संविधानविद् तथा कानुनविद्हरूसँग परामर्श गर्नुभएको राष्ट्रपतिको कार्यालयले जनाएको छ ।
छलफलमा कानुनविद्हरू बद्रीबहादुर कार्की, महादेव यादव, पूर्णमान शाक्य, भीमार्जुन आचार्य र टीकाराम भट्टराई सहभागी थिए । रासस