बुधबार, असोज २८ गते २०८३
  • यो साता चर्चामा :
  • राष्ट्रपतिले जारी गरे केही नेपाल ऐनलाई संशोधन गर्ने अध्यादेश


    हुलाक प्रेस

    • आइतबार, वैशाख २० २०८३०७:५९
    राष्ट्रपतिले जारी गरे केही नेपाल ऐनलाई संशोधन गर्ने अध्यादेश

    काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले थप एक अध्यादेश जारी गरेका छन् । राष्ट्रपति पौडेलले आइतबार (वैशाख २०) केही नेपाल ऐनलाई संशोधन गर्ने अध्यादेश २०८३ जारी गरेका हुन् । 

    राष्ट्रपति पौडेलले नेपालको संविधानको धारा १४४ को उपधारा (१) बमोजिम मन्त्रिपरिषद्को सिफारिसमा अध्यादेश जारी गरेका हुन् । 

    राष्ट्रपति पौडेलले शनिबार (वैशाख १९) स्वास्थ्य विज्ञान प्रतिष्ठानसम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने अध्यादेश, सार्वजनिक पदाधिकारीको पदमुक्तिसम्बन्धी विशेष व्यवस्था अध्यादेश  र विश्वविद्यालयसम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने अध्यादेश २०८३ जारी गरेका थिए । त्यस्तै, शुक्रबार (वैशाख १८) सम्पत्ति शुद्धीकरण (मनी लाउन्डरिङ) निवारण (तेस्रो संशोधन) अध्यादेश गरेका थिए । 

    बिहीबार (वैशाख १७) सहकारी (पहिलो संशोधन) अध्यादेश र सार्वजनिक खरिद (दोस्रो संशोधन) अध्यादेश, २०८३ जारी गरेका थिए ।


    प्रतिक्रिया दिनुहोस