बुधबार, असोज २८ गते २०८३
  • यो साता चर्चामा :
  • घुस लिएको अभियोगमा भ्रष्टाचार मुद्दा लागेका यातायातका अधिकृतलाई दुई महिनामै सफाइ


    हुलाक प्रेस

    • बिहीबार , जेठ २१ २०८३०८:३०
    घुस लिएको अभियोगमा भ्रष्टाचार मुद्दा लागेका यातायातका अधिकृतलाई दुई महिनामै सफाइ

    काठमाडौँ । विशेष अदालतले घुस लिएको आरोपमा पक्राउ परेका यातायात कार्यालयका अधिकृत र लेखापढी व्यवसायीलाई सफाई दिएको छ । विशेषका न्यायाधीशहरू सुदर्शनदेव भट्ट, हेमन्त रावल र विदुर कोइरालाको इजलासले यातायात व्यवस्था कार्यालय, हेटौँडाका अधिकृत अमृत भेटुवाल र लेखापढी व्यवसायी खगेन्द्र पौडेललाई सफाइ दिएको हो ।

    अख्तियारले दुरुपयोग अनुसन्धान आयोगले सेवाग्राहीसँग घुस लिएको अभियोगमा भेटुवाल र पौडेललाई गत चैत १२ गते भ्रष्टाचार मुद्दा दायर गरेको थियो । सवारीसाधनको सरुवा सहमति मिलाइदिने भन्दै सेवाग्राहीसँग ११ हजार पाँच सय रुपैयाँ घुस लिएको आरोपमा हेटौँडास्थित अख्तियारको टोलीले फागुन १३ गते सेवाग्राहीबाट घुस लिइसकेको अवस्थामा लेखापढी व्यवसायी पौडेललाई नियन्त्रणमा लिएको थियो । 

    अनुसन्धानका क्रममा भेटुवाल र पौडेलबिच आपसी मिलेमतो तथा पूर्वयोजनामै घुस लेनदेन भएको पुष्टि भएको भन्दै आयोगले भ्रष्टाचार निवारण ऐन, २०५९ बमोजिम ११ हजार पाँच सय रुपैयाँ बिगो कायम गरी सोहीबराबरको जरिवाना र कैद सजायको मागदाबी लिएर मुद्दा दायर गरेको थियो । 


    प्रतिक्रिया दिनुहोस