बिहीबार , असोज २९ गते २०८३
  • यो साता चर्चामा :
  • आउँदो हप्ता पश्चिम तराईमा गर्मी बढ्ने


    हुलाक प्रेस

    • शनिबार, जेठ ३० २०८३१०:१०
    आउँदो हप्ता पश्चिम तराईमा गर्मी बढ्ने

    काठमाडौं । आउने हप्ता देशका पहाडी र तराई भेगमा हल्का गर्मी बढ्ने मौसमविदले बताएका छन् । आउँदो बुधबार र विहीबार लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराई भेगका केही ठाउँमा गर्मी बढेर तातो दिने हुने सम्भावना समेत छ ।

    जल तथा मौसम विज्ञान विभागका मौसमविद डेभिड ढकालका  अनुसार कोशी प्रदेशमा विहीबारसम्मै केही ठाउँमा मध्यम खालको पानी पर्ने छ ।

    तराईको हकमा मधेश, बागमती र गण्डकी प्रदेशमा मंगलबार भित्र थोरै ठाउँमा तथा बुधबारदेखि विहीबारसम्म एक/दुई ठाउँमा मध्यमसम्म पानी पर्ने सम्भावना रहेको उनले बताए ।

    यसैगरी लुम्बिनी र सुदूरपश्चिम प्रदेशमा शुक्रबार र शनिबार थोरै ठाउँमा तथा आइतबारदेखि विहीबारसम्म एक/दुई ठाउँमा मध्यमसम्म पानी पर्ने सम्भावना छ ।


    प्रतिक्रिया दिनुहोस